एमालेले चार प्रदेशमा टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

एमालेले चार प्रदेशमा टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार



काठमाडौँ । नेकपा एमालेले चार प्रदेशमा राष्ट्रियसभाका उम्मेदवारकाे टुंगाे लगाएकाे छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको हाे ।

बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाएको छ । अपाङ्गता क्लस्टरबाट विवेक देवकोटा उम्मेदवार बन्ने भएका छन् । अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार बन्ने निश्चित भएको हाे ।

गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट बागलुङका मोहनलाल शर्मा उम्मेदवार बन्ने भएका छन् । अपाङ्गता/अल्पसंख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार बन्ने भएकी छन् ।

त्यसैगरी कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट उम्मेदवार बन्ने भएका छन् । दलिततर्फ दैलेखका हिक्मत बिक र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुंगो लागेको हाे ।

र सुदूरपश्चिम प्रदेशमा पनि एमालेले तीनै सिटमा उम्मेदवार टुंग्याएको छ । महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको एमाले सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए ।