राष्ट्रियसभा सदस्यका लागि बागमतीबाट एमालेका ४ उम्मेदवारले दर्ता गरे उम्मेदवारी

राष्ट्रियसभा सदस्यका लागि बागमतीबाट एमालेका ४ उम्मेदवारले दर्ता गरे उम्मेदवारी



हेटौँडा । राष्ट्रियसभा सदस्य बागमती प्रदेशतर्फका ४ पदका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । एमाले दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

चौलागाईंले महिला कोटाबाट मनोनयन दर्ता गरेकी छन् भने देवकोटाले अपाङ्ग, विश्वकर्माले दलित र पौडेलले अन्य क्लस्टरमा उम्मेदवारी दिएका छन् ।