सुदूरपश्चिममा सत्तागठबन्धनका उम्मेदवारले दर्ता गरे उम्मेदवारी

सुदूरपश्चिममा सत्तागठबन्धनका उम्मेदवारले दर्ता गरे उम्मेदवारी



धनगढी । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिममा अल्पसंख्यक तथा अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट (कैलाली), अन्यतर्फ बलदेव बोहरा (कञ्चनपुर) र महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुले धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।