कर्णालीमा गठबन्धनका उम्मेदवारले दर्ता गराए उम्मेदवारी

कर्णालीमा गठबन्धनका उम्मेदवारले दर्ता गराए उम्मेदवारी



सुर्खेत । राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

तीनवटा सिटमा हुने निर्वाचन अन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एक/एक सिट परेको छ ।

कर्णालीमा महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया उम्मेदवार रहेका छन् ।