इजरायली कारबाहीमा लेबनानी हिजबुल्लाह समूहका उच्च नेताको मृत्यु

इजरायली कारबाहीमा लेबनानी हिजबुल्लाह समूहका उच्च नेताको मृत्यु


ग्लोब नेपाल
54
Shares

लेबनानको दक्षिणी क्षेत्रमा गरिएको कारबाहीमा लेबनानी हिजबुल्लाह समूहका एक उच्च नेता मारिएका छन् । विसम ताविल नाम गरेका ती लडाकु नेता इजरायली कारबाहीमा मारिएको हिजबुल्लाहले जनाएको छ । उनी हिजबुल्लाहको विशेष लडाकु समूह रादवानका कमाण्डर रहेको खुलेको छ ।

घटनाका बारेमा इजरायली सेनाको प्रतिक्रिया नआएपनि सीमा क्षेत्रको सुरक्षा व्यवस्था चुस्त राख्‍न सुरक्षा-खतराका ठाउँहरुमा कारबाही जारी रहेको बताएको छ । इजरायली सुरक्षाकर्मी र हिजबुल्लाह समूहबीचका जवाफी कारबाही श्रृंखलाले क्षत्रीय तनावको त्रास बढाएको बताइएको छ ।

हिजबुल्लाहलाई लेवनानको राजनीति र सैन्य शक्तिमा प्रभाव राख्‍ने इरान समर्थित लडाकु समूहको रुपमा लिने गरिएको छ । गत अक्टोबर ७ मा हमास लडाकु समूहले इजरायलमा हमला गरेपछि इजरायली सेना र हिजबुल्लाह समूहबीच दिनहुँजसो गोलाबारी हुँदै आएको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानतर्फको सीमामा सुरक्षा सुदृढ बनाउन आवश्यक सबै उपाय अपनाउने बताउनु भएको छ ।