पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न

पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौँ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा यही पौष २४ गते कोपुण्डोल, ललितपुरमा सफलता पुर्वक सम्पन्न भएको हो ।

उक्त सभामा संस्थापक शेयर सदस्य, सर्व साधारण शेयर सदस्य, कम्पनीका कर्मचारी तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त सभाबाट सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण शेयरधनीको तर्फबाटसनिल पक्का र स्वतन्त्र संचालकमा श्री बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको थियो ।

साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी याेजना प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक र शेयर सदस्यहरुबाट मन्तव्य तथा सञ्चालक तथा शेयर सदस्यबीच गहन अन्तरक्रीया समेत भएको थियो ।