चार महिनाअघि मात्र प्रेम विवाह गरेका राधे गहुँबारीमा मृत

चार महिनाअघि मात्र प्रेम विवाह गरेका राधे गहुँबारीमा मृत


ग्लोब नेपाल
567
Shares

काठमाडौं । धनुषामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती सख्त घाइते अवस्थामा फेला परेकी छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी मृत फेला परेको प्रहरीले जानकारी दिएको ।

उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिएका छन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित गहुँ खेतमा आज बिहान राधे मृत फेला परेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएका छन ।

श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको उनले जानकारी दिएको छ राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया हो । चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।