स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन

स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन



काठमाडौं । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ ।

५२ वर्षको उमेरमा आज बिहान ३ बजे आफ्नै घरमा निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकायाले जानकारी दिए ।

स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन् ।

गाउँपालिकाले आज शोक प्रस्ताव पारित गर्दै गाउँपालिकामा शोक बिदा दिएको छ ।