‘गाजामा हरेक घन्टामा दुई आमाको मृत्यु’

‘गाजामा हरेक घन्टामा दुई आमाको मृत्यु’



काठमाडौं । एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घन्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र संघीय निकायले शुक्रबार जनाएको छ ।

लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि काम गरिरहेको संयुक्त राष्ट्रसङ्घीय निकाय युएन विमेनको प्रतिवेदनमा गाजामा युद्ध शरू भएको दिनदेखि १०० दिनसम्मको महिलाहरूको औसत मृत्यु दरलाई मूल्याङ्कन गरी उक्त तथ्य सार्वजनिक गरेको हो ।

गाजा संकटले महिला तथा बालबालिकाको जीवन स्तरमा जीवन र मानवीय आवश्यकताको विनाशकारी असर गरिरहेको गाजा युद्धको लैङ्गिक प्रभाव नामक प्रतिवेदनमा उल्लेख छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा २४ हजार ६२० प्यालेस्टिनी मारिएका छन् । गाजामा मृत्यु भएकामध्ये करिब ७० प्रतिशत महिला र बालबालिका रहेको अनुमान गरिएको छ । तथ्याङ्क अनुसार महिला मृत्युमध्ये सङ्कट सुरु भएदेखि अहिलेसम्मको औसत अनुपातमा प्रतिघन्टा दुई आमाहरूको मृत्यु हुनेगरेको छ ।

गाजामा १९ लाखभन्दा बढी व्यक्ति तथा गाजाको कुल जनसङ्ख्याको ८५ प्रतिशत, जनसङ्ख्या विस्थापित भएको विश्वास गरिन्छ । जसमा संयुक्त राष्ट्रसंघीय निकाय (युएन विमेन) ले एक लाख महिला तथा बालबालिका रहेको अनुमान गरेको छ । गाजाको सम्पूर्ण जनसङ्ख्यामध्ये लगभग २२ लाख व्यक्ति सङ्कटमा वा तीव्र खाद्य असुरक्षाको मारमा रहेको अनुमान गरिएको छ ।

युएन वुमनको अनुमानमा द्धन्द्धमा कम्तिमा तीन हजार महिला विधवा वा घरपरिवार विहिन भएका अनुमान गरिएको छ ।

यसैगरी कम्तिमा दश हजार बच्चाहरूले आफ्नो पिता गुमाएका हुन सक्ने विवरणमा बताइएको छ ।

महिला र बालबालिका द्वन्द्वको पहिलो सिकार हुने तथा उनीहरूलाई लक्षित गरी शान्ति खोज्नु आफ्नो कर्तव्य भएको फेरि एकपटक प्रमाणित गरेको संयुक्त राष्ट्रसंघीय महिला कार्यक्रमकी कार्यकारी निर्देशक सिमा बाहुसले बताए ।

उनले भने, “विगत १५ वर्षमा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण क्षेत्रमा मारिएका सबै नागरिकमध्ये दुई तिहाइ पुरुष रहेका छन् । यसैगरी १४ प्रतिशतभन्दा कम महिला तथा बालिकाहरू रहेका छन् । तर पछिल्लो १०० दिनमा समयमा मृत्यु हुनेमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । प्यालेस्टिनी जनतालाई परेको आघातले हामी सबैलाई आउँदो पुस्तासम्म सताउनेछ ।”

युद्ध अन्त्य गर्न आग्रह

गाजाका महिला र केटीहरूको अवस्थाप्रति शोक व्यक्त गदै सबै महिला तथा बालबालिकाहरूलाई महत्वपूर्ण सहायता र सेवाहरूको प्रावधानसहित गाजामा रहेका सबैका लागि तत्काल मानवीय युद्धविराम र निर्बाध मानवीय पहुँचका लागि बाहुसले आग्रह गरे । यो शान्तिको समय भएको बताउदैै सबै इजरायली र प्यालेस्टिनी महिला र बालबालिकाप्रति आफु ऋणी रहेको बताएका छन् । उनले उनीहरूले अबका दिनमा यसको मूल्य चुकाउनु नपर्ने बताएका छन् ।

प्रतिवेदन अनुसार बढ्दो वैमनस्यता हुँदाहुँदै पनि महिला नेतृत्व र महिला अधिकार संगठनहरूले काम जारी राखेका छन् ।

गाजा पट्टीमा सर्वेक्षण गरिएका करिब ८३ प्रतिशत महिला संगठनहरू कम्तिमा आंशिक रूपमा सञ्चालनमा छन् । उनीहरू मुख्यतया आपतकालीन प्रतिक्रियामा केन्द्रित रहेका छन् । यद्यपि, सन् २०२३ को फ्ल्यास अपिलमा कोषको संयुक्त राष्ट्र महिला विश्लेषणले अनुसार कोषको ०.०९ प्रतिशत मात्र राष्ट्रिय वा स्थानीय महिला अधिकार संगठनहरूमा आवद्ध भएका छन् ।

पछिल्लो छ महिनाको प्रतिक्रिया योजनाको माध्यमबाट, प्यालेस्टाइनमा संयुक्त राष्ट्रसङ्घका महिलाहरूले १४ हजारभन्दा बढी महिला–नेतृत्व गर्ने परिवारलाई, गाजाका सबै महिला–नेतृत्व गर्ने परिवारको एक तिहाइलाई जीवन–रक्षक सहायता प्रदान गर्दै आएका छन् ।

उनीहरू कपडा, सेनेटरी उत्पादनहरू, र बालबालिकाको लागि आवश्यक पर्ने समानको वितरणलाई सहयोग गर्दै आएका छन् ।

प्रतिवेदन अनुसार लैङ्गिक हिंसाका लागि लैङ्गिक–उत्तरदायी सेवाहरू प्रदान गर्न महिला नेतृत्वको संस्थाहरूसँग पनि युएन वुमनले साझेदारी गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत विस्थापित महिलाहरूका लागि आश्रय स्थलहरूमा महिला नेतृत्वको सुरक्षा र प्रतिक्रिया समितिहरू स्थापना गर्ने; र प्यालेस्टाइनमा महिला संस्थाहरूसँग नियमित परामर्श गर्ने गरिरहेको छ ।