इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै पालिका

इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै पालिका


ग्लोब नेपाल
108
Shares

मोरङ । इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए ।

“इटहरी उपमहानगरपालिकाले यो कामको सुरूवात भएको छ”, प्रमुख पौडेलले भने, “पहिलो चरणमा दुई वटा पुरानो मोटरसाइकललाई सम्याति इलेक्ट्रो व्हील्स प्रालिको सम्झौता गरी विद्युतीयमा रूपान्तरण गरिएको छ ।” सो कम्पनीका सञ्चालक ई आदित्य आचार्यले पेट्रोलबाट चल्ने मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गर्न सम्भव भएको बताए ।

सङ्घीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पूरा गरेका सवारी साधनलाई लागतका आधारमा विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले बताए ।

इटहरी उपमहानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणका लागि ल्याव समेत स्थापना समेत गरेको छ । खाद्य वस्तुमा मिसावट गरिने अखाद्य वस्तु पत्ता लगाउन इटहरीमै ल्याव स्थापना गरिएको नगर प्रमुख पौडेलले उल्लेख गरे ।