कोदालो र खुर्पा प्रहार गरी गर्भवती श्रीमतीको हत्या

कोदालो र खुर्पा प्रहार गरी गर्भवती श्रीमतीको हत्या


ग्लोब नेपाल
0
Shares

नवलपुर । पूर्वी नवलपरासीको हुप्सकोट गाउँपालिका-६ बिरुखर्कमा श्रीमानले कोदालो र खुर्पा प्रहार गरी गर्भवती श्रीमतीको हत्या गरेका छन् ।

बिरुखर्कको ३३ वर्षिय शेरबहादुर लम्का मगरले गएराती एक बजेको समयमा श्रीमती ३४ वर्षिय चनिसरा लम्का मगरलाई सुतिरहेको अवस्थामा कोदालो र खुर्पा प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

मृतक मगर गर्भवती रहेको र कोदालो, खुर्पासहित शेरबहादुर लम्का मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।