पाकिस्तान निर्वाचनमा पीपीपी र पीएमएल–एनबीच मुख्य प्रतिस्पर्धा

पाकिस्तान निर्वाचनमा पीपीपी र पीएमएल–एनबीच मुख्य प्रतिस्पर्धा



इस्लामावाद । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचन पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र उनको पार्टीबीचको संघर्ष हुने बताएका छन् ।

पूर्व विदेशमन्त्री भुट्टोले पीपीपीले ‘भोट पावर’मा पूर्ण विश्वास गरेको बताए । उनले भने, “पीपीपी बाहेक सबै पार्टीहरू अभिजात वर्गको प्रतिनिधित्व गर्छन् जसले धनी व्यक्तिहरूलाई फाइदा पुर्‍याउँछ र गरिबहरूलाई हानि पुर्‍याउँछ ।”

उनले आफ्नो पार्टीको जित औसत नागरिकका लागि ‘राहतको सास’ को रूपमा आउने दाबी गर्दै फेब्रुअरी ८ को आम चुनावमा दुई प्रमुख दल पीपीपी र पीएमएल–एनबीच मात्र प्रतिस्पर्धा हुने दाबी गरे ।

पीएमएल–एन अध्यक्ष तथा पूर्व प्रधानमन्त्री शहबाज सरिफ जहाँबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएको छ त्यहाँका मानिसहरूलाई स्वच्छ पिउने पानीको पहुँच नभएको भन्दै भुट्टोले पीपीपीको १० बुँदे कार्यक्रमले देशलाई सबै राजनीतिक, आर्थिक र सुरक्षा समस्याबाट पार पाउन मद्दत गर्ने दावी गरे ।

भुट्टोलाई उद्धृत गर्दै एआरवाई न्यूजले भनेको छ, “पाकिस्तानले हाम्रो १० सूत्रीय आर्थिक एजेन्डा लागू गरेर मुद्रास्फीति र गरिबीबाट छुटकारा पाउन सक्छ, यसअघि जनवरीमा पीपीपी अध्यक्षले फेब्रुअरी ८ को चुनावका लागि आफ्नो पार्टीको घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गरेका थिए ।

घोषणापत्रमा आय वृद्धि गर्ने, ३० लाख आवास निर्माण गर्ने, प्रत्येक घरधुरीलाई ३०० युनिट निःशुल्क विद्युत् उपलब्ध गराउने, प्रत्येक जिल्लामा हरित ऊर्जा पार्क स्थापना गर्ने र सौर्य तथा वायु ऊर्जाका स्रोतको प्रयोग गरी पूरा गर्ने उल्लेख छ ।