पर्सामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु



वीरगन्ज । पर्सामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल वीरगन्जमा दुर्घटना हुँदा वीरगन्जको नेसनल मेडिकल कलेजमा अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु भएको हो ।

दुर्घटनामा नेसनल मेडिकल कलेजमा अध्ययनरत धनुषा सबैला नगरपालिकाका २३ वर्षीय सुमित यादव र बाराको हर्दियाका सन्दीप यादवको मृत्यको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता एवं डीएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

दुवै जनाको शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।