काठमाडौं । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठासँग जोडेर नेपाली हुलाक टिकटको व्यापक चर्चा गरिएको छ । सन् १९६७ जारी भएको नेपाली हुलाक टिकटले अयोध्यामा राम फर्किने भविष्यवाणी गरेको थियो भन्ने विषय चर्चामा छ ।
हुलाक टिकट जारी भएको वर्ष र राम मन्दिरमा प्राण प्रतिष्ठाको वर्षसँग मेल खाएको छ । यो आफैमा एउटा उल्लेखनीय तथ्य हो । ५७ वर्ष अघि अर्थात् नेपाली हुलाक टिकटका अनुसार २०२४ मा भगवान राम अयोध्या फर्कने भविष्यवाणी गरेको थियो भन्ने अनुभूति गराएको भारतीयहरु ठान्दछन् ।
जनवरी २२ मा अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा गरिँदैछ । भगवान राम र सीतालाई चित्रित गर्ने नेपालको ५७ वर्ष पुरानो हुलाक टिकटले राम मन्दिरमा प्रण प्रतिष्ठा समारोह वर्षको मेल खान गएपछि भारतीयहरु यसलाई संयोग मात्रै ठान्दैनन् ।
राम नवमी मनाउनका लागि १८ अप्रिल १९६७ मा जारी गरिएको उक्त टिकटमा नेपालमा प्रयोग हुने विक्रम संवत् हिन्दू पात्रोमा रामनवमी २०२४ मा उल्लेख गरिएको छ । यसै वर्ष अर्थात् २२ जनवरी २०२४ राममन्दिर प्राण प्रतिष्ठा समारोहसँग मेल खान्छ, जसले गर्दा यो संयोगलाई सर्वत्र चासोको रुपमा हेरिएको छ ।


प्रतिक्रिया