प्रहरीमाथि चक्कु प्रहार गरी अभियुक्त फरार

प्रहरीमाथि चक्कु प्रहार गरी अभियुक्त फरार


ग्लोब नेपाल
540
Shares

काठमाडौँ । दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन् । महाकाली नगरपालिका-१ दहका २५ वर्षीय उमेश कुवरले प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले जानकारी दिए ।

चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा चोट लागेको डीएसपी सिंहले बताए । उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि चक्कु प्रहार भएको सिंहले बताए । उनका अनुसार चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ ।