मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने

मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको बताएका छन् । प्रकाशित समाचारको खण्डन गर्न सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा लामिछानेले भने, “बैंकले नै पत्र दिएको छ, चेक जम्मा भएको हो तर पैसा नभएर जम्मा नभएको भन्ने बैंकले स्पष्ट पारेको छ ।”

सभापति लामिछानेले एक करोड ८० लाख लिएको भन्दै मिडियाले ‘मिस लिड’ गरेको बताए । उनले निरन्तर आफूमाथि प्रहार गर्दै जबरजस्त सहकारी ठग बनाउन खोजिएको बताए ।

“कुनै पनि निकायले मेरो बैंक खाता हेरे हुन्छ । सम्पत्ति सुद्धीकरण, प्रहरीले हेर्न मिल्छ । यो रकम आएको भए म जुनसुकै सजाय भोग्न तयार छु,” उनले भने ।