रवि लामिछानेविरुद्ध युवराज सफलले राज्यव्यवस्था समितिमा दिए उजुरी

रवि लामिछानेविरुद्ध युवराज सफलले राज्यव्यवस्था समितिमा दिए उजुरी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेविरुद्ध प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी दिइएको छ ।

लामिछानेसमेत सदस्य रहेको समितिमा सिन्धुलीका युवराज सफलले लामिछानेविरुद्ध दिएको उजुरी मंगलबार समितिमा दर्ता गरिएको छ । उजुरीकर्ता सफलले सहकारी घोटाला प्रकरणमा लामिछाने संलग्न रहेको आरोप लगाएका छन् । सञ्चारमाध्यममा सार्वजनिक समाचारलाई आधार मानेर उनले उजुरी दर्ता गराएका हुन् ।

सोही उजुरी सफलले सभामुख देवराज घिमिरेको सचिवालयमा पनि दर्ता गराएका छन् ।