यु-१९ विश्वकप क्रिकेटः पाकिस्तानले आज नेपालको सामना गर्ने

यु-१९ विश्वकप क्रिकेटः पाकिस्तानले आज नेपालको सामना गर्ने


ग्लोब नेपाल
324
Shares

काठमाडौं । दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यु-१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले आज नेपालको सामना गर्ने गर्दैछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपाल र पाकिस्तानले आज समूह चरणको दोस्रो खेल खेल्न लागेको हो ।

समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेकोले नेपाललाई अर्को चरणसम्म पुग्न आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । यही समूहमा रहेको पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।

न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा जितको लागि तीन सय तीन रनको लक्ष्य पाएको नेपालले दुई सय ३८ रन मात्रै बनाउन सकेको थियो । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल १२ गते अफगानिस्तानसँग खेल्नेछ ।

विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।