गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिर स्थापना

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिर स्थापना


ग्लोब नेपाल
54
Shares

गुल्मी । गुल्मीको तम्घासस्थित धागिथुममा आजभन्दा करिब दुई सय वर्षअघि अर्थात १८औं शताब्दीको अन्त्यतिर धागिथुम भगवती मन्दिर निर्माण गरिएको हो । पहिले स्थानीयले नै मन्दिरको संरक्षण गरेपनि अहिले भने नेपाली सेनाले त्यसको रेखदेखि गर्दै आएको छ ।

तीन तले मन्दिर प्यागोडा शैलिमा निर्माण गरिएको छ । जसमा छतसहित पाचँवटा गजुरसमेत रहेका छन् । मन्दिरको छानो पनि पित्तलले छाइएको छ । जसले गर्दा मन्दिरमा थप आकर्षण रहेको छ ।

मन्दिरमा धार्मिक र पर्यटकीय महत्व रहेको छ । सोहि स्थानमा स्वस्थानी माताको मन्दिर स्थापना गरिएको छ । स्वस्थानी माताको मन्दीर पनि सोहि अनुसार आकर्षक रुपमा तयार गरिएको छ । निकै पुरानो भगवतीको मन्दिर रहेको स्थानमा स्थानीयको सक्रियतामा मन्दिर स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताए ।

नेपाली सेनाको व्यारेक परिसरमा स्वस्थानी माताको मन्दिर यश क्षेत्रमा नभएकाले भक्तजनको सहजताको लागि मन्दिर स्थापना गरिएको थापाले बताए । मन्दिर स्थानीय वडाको १ लाख र स्थानीयको ६ लाख गरी ७ लाखमा मन्दिर निर्माण भएको हो ।

मन्दिरमा यही माघ ११ गतेबाट दैनिक पूजा सुरु हुँदैछ । साँखु शालिनदी किनारमा अवस्थित स्वस्थानी माताको मन्दिर रहेको छ । सोहि मन्दिर र मूर्ति जस्तै यहाँ पनि स्थापना गरिएको स्थानीय समाजसेवी रामचन्द्र पान्थीले बताउनुभयो । हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी बिहीबारबाट आरम्भ हुँदैछ ।

आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिलाहरुले एक महिनासम्म स्वस्थानीको ब्रत बस्ने गर्दछन् । यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने पन्थीको भनाइ छ ।