युक्रेनी युद्धबन्दी बोकेको रुसी जहाज दुर्घटना, ६५ जनाको ज्यान गयाे

युक्रेनी युद्धबन्दी बोकेको रुसी जहाज दुर्घटना, ६५ जनाको ज्यान गयाे



काठमाडौं । रुसको युक्रेनसँग सीमा जोडिएको दक्षिणी बेल्ग्रड क्षेत्रमा एउटा जहाज दुर्घटना भएको छ । रुसी सैन्य ढुवानी जहाज दुर्घटनामा परेको रुसी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार दुर्घटनामा कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएका छन् । जहाजमा युक्रेनी युद्धबन्दीबाहेक ६ जना चालक दलका सदस्यसहित अरु नौ जना थिए ।

युक्रेनी युद्धबन्दीलाई रुसी सेनाको बदलामा सट्टापट्टाका लागि लगिएको हुन सक्ने बीबीसीले जनाएको छ । रुसी संसद्का सदस्य आन्द्रेई कार्तापोलोभले दुर्घटना भएको विमानमा ३ वटा मिसाइल ठोक्किएको दाबी गरेका छन् ।