जनकपुरबाट आम जनता पार्टीका ६६ कार्यकर्ता पक्राउ

जनकपुरबाट आम जनता पार्टीका ६६ कार्यकर्ता पक्राउ



जनकपुरधाम । जनकपुरबाट आम जनता पार्टीका ६६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

जनकपुरका बजार बन्द गराउँदै हिँडेका उनिहरुलाई विभिन्न चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । ३६ जना पुरूष र ३० जना महिलालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

उनले सवारी आवागमनमा अवरोध गर्ने, बन्द गर्ने, गाडीमा ढुंगामुढा गरी अराजक गतिविधि गर्नेलाई नियन्त्रणमा लिएका बताएका छन् ।

पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

राष्ट्रिय सभा चुनावलाई लक्षित गरी आजपाले बिहीबार बन्द आह्वान गरेको थियो । लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने, बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्नेलगायत माग गर्दै आजपाले बन्द आह्वान गरेको हो ।