मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित



जनकपुर । राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदार विजयी भएका छन् ।

बिहीबार सम्मन्न निर्वाचनको मतपरिणामअनुसार नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भएका छन् ।

अन्य कोटातर्फबाट ढुंगानाले प्रदेशसभा सदस्यहरुको ६७ र स्थानीय तहका पदाधिकारीहरुको २०१ मत पाएका थिए ।

महिला कोटातर्फ चौधरीले प्रदेशसभाको ७६ र स्थानीय तहका पदाधिकारीहरुको २०५ मत पाएर निर्वाचित भएका हुन् ।