कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमालेकी कोइराला विजयी

कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमालेकी कोइराला विजयी



काठमाडौं । कोशी प्रदेशमा नेकपा एमालेकी रूक्मिणी कोइराला विजयी भएकी छन् । उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन् । उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन् ।

कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन् ।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका सांसदले ‘फ्लोर क्रस’ गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन् ।

स्थानीय तहमा सत्तागठबन्धनका १७ जना सांसद र प्रदेशमा तीन जना सांसदले ‘फ्लोर क्रस’ गरेको पाइएको छ ।