कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित



विराटनगर । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

बिहीबार भएको मतगणनाबाट सिटौला निर्वाचित भएका हुन् । उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए ।

सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन् । कोशीमा नेकपा एमाले र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेल पराजित भए । उनले चार हजार पाँच सय ६२ मतभार ल्याएका छन्।

सिटाैलाले स्थानीय तहतर्फ २ हजार ९ सय ७ र प्रदेशसभातर्फ २ हजार ३ सय ८५ मत पाए । स्थानीय तहतर्फ ५ मत बदर भएकाे थियाे भने प्रदेशसभातर्फकाे एक मत सुर्यमा परेकाे थियाे ।