बागमतीबाट राष्ट्रियसभामा सत्तारुढ गठबन्धनका चारैजना विजयी

बागमतीबाट राष्ट्रियसभामा सत्तारुढ गठबन्धनका चारैजना विजयी



हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठवन्धनको तर्फबाउ उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन् ।

हेटौंडामा सम्पन्न मतगणना अनुसार गठबन्धको तर्फबाट नेपाली कांग्रेसका २ जना, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवार बिजयी भएका हुन् ।

बिजयी हुनेहरुमा कांग्रेसका जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छ्न भने माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहेका छन् ।

बिजयी महिला तर्फकी कांग्रेसकी पुडासैनीले ६६२२ मत प्राप्त गर्दा अन्यका उम्मेदवार कांग्रेसका बस्नेतले ६५३१ मत प्राप्त गरे । बिजयी दलित तर्फका समाजवादीका रिजालले ६५१२ मत प्राप्त गर्दा अपांगता तर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ मत प्राप्त गरे ।