कास्की । जावलाखेल युथ क्लब २३ औँ आहा रारा पोखरा गोल्ड कप फुटबलको क्वाटरफाइनमा पुगेको छ ।
पोखरा रङ्गशालामा आज भएको खेलमा जावलाखेलले मच्छिन्द्र क्लबलाई १–० ले हरायो । जावलाखेलका लागि हिसुब थपलियाले गोल गरे । अब जावलाखेलले क्वाटरफाइनलमा माघ १५ गते मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । प्रतियाेगितामा भाेलि नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबबीच खेल हुनेछ ।
यही २० गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया