सुदूरपश्चिममा माओवादीका बहुमत सांसदले फेरे संसदीय दलको नेता

सुदूरपश्चिममा माओवादीका बहुमत सांसदले फेरे संसदीय दलको नेता



धनगढी । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले संसदीय दलका नेता फेर्ने निर्णय गरेका छन् ।

प्रदेश संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर नयाँ संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएको उपनेता अक्कर रावलले बताए ।

धामी यसअघि प्रमुख सचेतक थिए । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।

संसदीय दलको नेता फेरिएको सूचना प्रदेश सभा सचिवालयमा बुझाइएको पनि रावलले जानकारी दिए ।

असन्तुष्ट समूहले दलको नेता परिवर्तन गर्न पार्टी केन्द्रलाई आग्रह गरेका थिए । तर सुनुवाइ नभएकाले दलको नेता फेरिको रावलले बताए ।

रावलले चाडै बैठक बसेर प्रदेश सरकारबारे समेत निर्णय लिइने बताए ।