राष्ट्रियसभामा निर्वाचित भएपछि सिटौला पुगे शेखर निवास

राष्ट्रियसभामा निर्वाचित भएपछि सिटौला पुगे शेखर निवास



विराटनगर । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेता डा. शेखर कोइराला निवासमा पुगेका छन् । सिटौला शुक्रबार विराटनगरस्थित कोइराला निवास पुगेका हुन् ।

गठबन्धनमा फ्लोर क्रस हुँदा पनि सिटौलाले एमाले-राप्रपाको गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका छन् ।

सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन् । राप्रपाका उद्धव पौडेलले चार हजार पाँच सय ६२ मतभार ल्याएका थिए ।

सिटौलालाई राष्ट्रियसभाको सम्भावित अध्यक्षको रुपमा पनि हेरिएको छ । इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले पनि सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

कोशीमा महिलातर्फ भने एमालेकी रुक्मिणी कोइरालाले जितेपछि गठबन्धनभित्र असन्तुष्टि बढेको छ ।