बार्सिलोना छोड्दै प्रशिक्षक जाभी

बार्सिलोना छोड्दै प्रशिक्षक जाभी



काठमाडौं । जाभी हर्नानडेजले बार्सिलोनाको प्रशिक्षक छोड्ने घोषणा गरेका छन् । बार्सिलोनाले लगातार हार बेहोरेपछि जाभीले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन् ।

बार्सिलोना केहि दिनअघि स्पेनिस सुपर कोपाको फाइनलमा रियल म्याड्रिडसँग तथा यस सिजनको कोपा डेल रेबाट बाहिरिएको छ भने गएराति सम्पन्न ला लिगाको खेलमा भिल्लारियलसँग पराजित भएको थियो ।

यो हारसँगै बार्सिलोना लिगमा शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा १० अंकले पछाडि रहेको छ । जाभीले हारसँगै क्लब छोड्ने घोषणा गरेका हुन् । जाभीले क्लबमा परिवर्तन आवश्यक रहेको बताउँदै आफूले ३० जुनपछि क्लब छोड्ने बताएका छन्। उनले आफु बार्सिलोनाको फ्यान भएको र क्लबको हितमा निर्णय लिएको बताएका छन् ।

जाभी २०२१ को नोभेम्बरदेखि बार्सिलोनाको प्रशिक्षक रहेका छन् । उनले बार्सिलोना प्रशिक्षक रहदा २०२२-२३को ला लिगा सिजन जितेका थिए भने २०२२-२३ को सुपर कोपाको उपाधि जितेका थिए ।