पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला



काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ । पाकिस्तानको राजधानी इस्लामावादको विशेष अदालतले मंगलबार खानलाई १० वर्षको जेल सजाय सुनाएको हो ।

पूर्व प्रधानमन्त्री खानसँगै उनका सहयोगी एवं पूर्व मन्त्री शाह महमुद कुरैशीलाई पनि १० वर्षको जेल सजाय सुनाइएको छ ।

राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा उनलाई उक्त कैद फैसला भएको कतारी विश्व च्यानल अलजजिराले उल्लेख गरेको छ ।

पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका नेता इमरान खानलाई अगामी चुनाव भन्दा एक हप्ता अगाडि यस्तो फैसला आएको हो ।

पाकिस्तानको आगामी चुनाव फेब्रुअरी ८ मा तोकिएको छ ।

अलजजिराका अनुसार रावलपिण्डीको विशेष अदालतले उक्त सुनाएको फैसला अनुसार खानले अमेरिकाको लागि पाकिस्तानी राजदूतले पठाएको केबललाई गलत प्रयोग गरेको भन्दै १० वर्षको सजाय सुनाएको हो ।