उज्बेकिस्तान एसियन कपको क्वार्टरफाइनलमा

उज्बेकिस्तान एसियन कपको क्वार्टरफाइनलमा



कतार । थाइल्याण्डलाई हराउँदै उज्बेकिस्तान एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम १६ को खेलमा उज्बेकिस्तान २–१ गोल अन्तरले विजयी भएको हो ।

अजिजबेक तुरगुनबाएभले खेलको ३७ औँ मिनेटमा उज्बेकिस्तानलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५८ औँ मिनेटमा सुपाचोक साराचार्टले थाइल्याण्डका लागि बराबरी गोल फर्काए ।

यद्यपि, ७ मिनेटपछि नै अब्बोसबेक फयजुल्लायेभले गोल गर्दै पुनः उज्बेकिस्तानलाई अग्रता दिलाए । त्यसपछि भने कुनै गोल हुन सकेन र उज्बेकिस्तान क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो । क्वार्टरफाइनलमा प्रवेश गर्ने उज्बेकिस्तान पाँचौ टोली हो । यसअघि कतार, अस्ट्रेलिया, जोर्डन र तजाकिस्तान क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।