आर्मी आहारारा गोल्डकपको फाइनलमा

आर्मी आहारारा गोल्डकपको फाइनलमा



पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २-१ ले हराउँदै आर्मी फाइनलमा पुगेको हाे ।

पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए ।

यसअघि दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो ।

६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि चर्च ब्वाइजका समिर तामाङले ८५ औं मिनेटमा गोल फर्काएका थिए ।

आर्मीले थ्री स्टार क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।