भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य



काठमाडौं । भारतले आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध २९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर कप्तान उदस सरन र सचिन दासको शतकप्रेरित २९७ रनको योगफल खडा गरेकाे हाे ।

भारतका सचिनले ११६ रन बनाए । उनले १०१ बलमा ११ चौका र तीन छक्का प्रहार गरे । ६२–३ को कठिन अवस्थामा ब्याटिङका लागि आएका सचिनले कप्तान उदयसँग २१५ रनको कीर्तिमानी साझेदारी गर्दै भारतलाई बलियो योगफलसम्म पुर्‍याए । युवा विश्वकपमा भारतले चौथो विकेटका लागि बनाएको यो नै अहिलेसम्मकै उच्च साझेदारी हो ।

सचिनसँगै शतक बनाएका कप्तान उदयले १०० रन बनाए । उनले १०७ बलमा नौ चौका प्रहार गरे ।

यसबाहेक, आदर्श सिंहले २१, प्रियान्सु मोलियाले १९ र अर्सिन कुलकर्णीले १८ रन बनाए ।

नेपालका गुल्सन झाले तीन, आकाश चन्दले एक विकेट लिँदा नेपालले अर्को एक विकेट भने रनआउटबाट निकालेको थियो ।