चिलीमा भीषण आगलागीबाट ११२ जनाकाे मृत्यु

चिलीमा भीषण आगलागीबाट ११२ जनाकाे मृत्यु



भिना डेल मार (चिली) । चिलीमा जंगलबाट सुरु भएको भीषण आगलागी मानवबस्तीमा पसेपछि ठूलो भौतिक साथै मानवीय क्षति निम्त्याएको छ ।

चिलीमा आइतबार रातिसम्म आगलागीमा परेर मृत्यु हुनेको संख्या ११२ पुगेको छ । आगलागीका कारण १४ हजार घर जलेरनष्ट भएका छन् । यो आगलागीलाई सन् २०१० को भूकम्पपछिको सबैभन्दा ठूलो प्रकोप भनिएको छ । यसअघि सन् २०१० मा भूकम्पका कारण त्यहाँ ५२५ जनाको ज्यान गएको थियो ।

मध्य चिलीमा अग्नि नियन्त्रकहरूले जंगलमा लागेको भीषण आगलागी नियन्त्रण गर्न संघर्ष गरिरहेका छन् । सयौँ मानिसहरू अझै बेपत्ता छन् । चिलीका १५६ स्थानमा अहिले आगलागी भइरहेका छन् । अत्यधिक सुख्खा र गर्मीका कारण त्यहाँ आलागी भएको हो ।