कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बुढाथोकीको निधन

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बुढाथोकीको निधन


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ। विराटनगरमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति उनको निधन भएको काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।

लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित उनी पछिल्लो समय मिर्गौलाको उपचार गराइरहेका थिए । झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए । बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन्। दुवै छोरा र एक छोरी अष्ट्रेलियामा छन्। उनको पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ ।

बुढाथोकीको निधनप्रति सभामुख देवराज घिमिरेले दुस्ख व्यक्त गरेका छन्। ‘पूर्वमन्त्री, संविधानसभा सदस्यरपूर्वसांसद, नेपालको लोकतान्त्रिक आन्दोलनका अग्लो राजनीतिज्ञ, झापाली राजनीतिको स्थापित तथा लोकप्रिय नेता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य , मेरो मित्र केशवकुमार बुढाथोकीको गएराति विराटनगरमा भएको निधनले मर्माहत बनाएको छ । दुखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ सभामुखले भनेका छन्।