गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको ७० प्रतिशत लागत बागमती सरकारले बेहोर्ने

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको ७० प्रतिशत लागत बागमती सरकारले बेहोर्ने



चितवन । चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको ७० प्रतिशत लागत बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ ।

बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारले ७० प्रतिशत बजेट विनियोजन गर्ने बताएका हुन् । यस्तै उनले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई पनि रंगशालामा बजेट पार्ने विश्वास दिलाए ।

देशकै गौरवको आयोजना प्रदेशमा भएकाले यसलाई पूरा गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउँदै मन्त्री लामाले भने, ‘रंगशाला निर्माणमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चित गरेरै अघि बढ्छौँ । ढुक्क हुनुस् ।’