क्यानडाविरुद्ध अर्धशतक बनाएर कुशल आउट

क्यानडाविरुद्ध अर्धशतक बनाएर कुशल आउट


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । क्यानडाविरुद्धको ओडीआई सिरिज अन्तर्गतको जारी खेलमा नेपालले मध्यमस्तरको सुरुवात गरेको छ । यो समाचार तयार पर्दासम्म १८ ओभरको खेल सकिएको छ । नेपालले ३ विकेट गुमाएर ९६ रन जोडेको छ । ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेर आउट भए । उनी १९ औं ओभरको तेस्रो बलमा आउट भएका हुन् । त्यसअघि उनले ५८ बलको सामना गरेर एक छक्का र ९ चौकाको सहयोगमा ६२ रन बनाएका थिए ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले ४५ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा अर्धसतक पूरा गरेका हुन् । कुशलको ओडिआईमा उनको ७औँ अर्धशतक हो। उनले एक शतक पनि प्रहार गरेका छन्।

प्रधानमन्त्री कपमा प्लेयर अफ द सिरिज बनेका स्पिनर सूर्य तामाङ र रिजन ढकालले आजको खेलबाट ओडिआईमा डेब्यु गरेका छन्। यो खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडा बीचको पहिलो ओडिआई हो। यो खेललाई दुई पुराना साथी मोन्टी देसाई र पुवुदु दसानायके बीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ।

क्यानडा पहिलो पटक नेपाल आएको हो। हाल क्यानडाको मुख्य प्रशिक्षक रहेका पुवुदु, नेपाली क्रिकेटमा परिचित नाम हो। उनकै नेतृत्वमा नेपालले सन् २०१४ मा टिट्वान्टी विश्वकपमा डेब्यु गरेको थियो

यस्तै, मोन्टी क्यानडाको ब्याटिङ कन्सल्ट्यान्ड हुँदै २०१९ मा मुख्य प्रशिक्षक बनेका थिए। पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल एसोसिएट राष्ट्रमा बलियो छ।