तेस्रो लगानी सम्मेलनको तयारी तीव्र

तेस्रो लगानी सम्मेलनको तयारी तीव्र


ग्लोब नेपाल
108
Shares

काठमाडौं । आगामी बैशाखमा हुन गइरहेको तेस्रो लगानी सम्मेलनको तयारी तीव्र गतिमा अघि बढाउन सरोकारवालाहरुलाई आग्रह गरिएको छ ।

अर्थ मन्त्रालयमा आयोजना गरिएको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरैभन्दा धेरै लगानी भित्र्याउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय लगानीकर्ताहरु पनि नेपालमा लगानी गर्न इच्छुक भइरहेकाले यसलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । धेरै लगानी भित्र्याउनका लागि नेपालले आन्तरिक तयारी तीब्र पार्नुपर्ने र आवश्यक कानुनी प्रावधान तथा नीतिगत व्यवस्थाका बारेमा काम गर्न अर्थमन्त्री महतले आग्रह गरे ।

सम्मेलनमा नेपालमा लगानीको वातावरण बनाउनु पर्ने, सम्मेलनका लागि सम्भावित परियोजना तयारी समितिले गम्भीरताका साथ काम गर्नुपर्नेमा जोड दिइएको छ । बैठकमा मन्त्रीहरु, मुख्यसचिव, सचिव लगायतको उपस्थिति रहेको छ ।