रिजन ढकाललाई पाँचौ बलमै डेब्यू विकेट

रिजन ढकाललाई पाँचौ बलमै डेब्यू विकेट



काठमाडौं । क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय ओडिआईमा डेब्यु गरेको नेपालका बाँया हाते तीब्र गतिका बलर रिजन ढकाललाई पहिलो विकेट मिलेको छ ।

उनले नवानित धलिवललाई तेस्रो ओभरको पाचौं बलमा आउट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु क्रिकेट लिएका हुन् । उनी आफ्नो स्पेलको पाँचौ बलमा विकेट लिन सफल भए ।

रिजनको विकेटमा नेपालले पहिलो सफलता पाएको छ । धलिवल व्यक्तिगत ६ रनमा आउट भएका छन् । नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको क्यानडाले ३ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएर खेलिरहेको छ ।