प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबीच ‘वान टु वान’ भेटवार्तामा के कुरा भयो ?

प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबीच ‘वान टु वान’ भेटवार्तामा के कुरा भयो ?


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबीच वान टु वान’ भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा प्रधानमन्त्री दाहालले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबीच भएको ‘वान टु वान’ भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् ।

भेटवार्तापछि प्रतिक्रिया दिदै अध्यक्ष चौधरीले भने, ‘गठबन्धन घटक दलहरुसँग सल्लाह गरेर सार्वजनिक गर्न सकिन्छ । किन सकिँदैन र ? भन्नुभयो ।’ नाउपा अध्यक्ष चौधरीले अगाडि भने, ‘सार्वजनिक नहुनको कारण के हो त ? भन्ने मेरो जिज्ञासामा प्रधानमन्त्रीज्यूले भन्नुभयो, ‘तपाई हामी केही दिनमा गठबन्धनको बैठकमा बसौँ ।’

यसबारेमा घनिभूत रूपमा छलफल गरौं र सबैजना साथीहरु सहमत भए प्रतिवेदन सार्वजनिक गर्न केही अप्ठेरो छैन’ भन्नुभयो । ’