माधव नेपाललाई गठबन्धनले लात हान्छः अध्यक्ष ओली

माधव नेपाललाई गठबन्धनले लात हान्छः अध्यक्ष ओली


ग्लोब नेपाल
351
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धनले लात हान्ने बताएका छन् । गठबन्धनले लात हानेपछि मात्रै माधव नेपालले थाहा पाउने अध्यक्ष ओलीको भनाइ थियो ।

आज (बिहिबार) एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले अर्को पटकदेखि माधव नेपालले चुनाव नजित्ने दाबी समेत गरेका छन् ।

उनले भने, ‘त्यतिवेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ, अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् ।’ उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन ।’अध्यक्ष ओलीले एमालेले माधवलाई प्रधानमन्त्री समेत बनाए पनि दुई तिहाइको सरकार ढालेर कांग्रेसको पाउमा सत्ता सुम्पेको आरोप लगाएका छन् ।

उनले भने, ‘पहिला एमालेका नेता भएका, प्रधानमन्त्री समेत भएका । अहिले त काठमाडौँतिरै छन् । गठबन्धन भत्कन दिन्नँ, गठबन्धन त मेरो घर हो भन्दै हिँड्छन्, ‘हामीले उनलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री बनायौं सबैचिज गर्‍यौ ।

तर दुई तिहाइको पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने माधव नेपाल यही जिल्लाका मान्छे गठबन्धन घर हो भन्छन् ।’

अध्यक्ष ओलीले गएको निर्वाचनमा माधव नेपालको पार्टी राष्ट्रिय पार्टी समेत बन्न नसकेको उदाहरण दिँदै अर्को चुनावमा नेपाल आफैँले चुनाव जित्न नसक्ने बताएका छन ।