क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित



काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले रोमान्चक जित हात पारेको छ । नेपाल ७ रनले विजयी भएको हो । त्रिविवि क्रिकेट मैदानमा बिहीबार कप्तान रोहित पौडेलले ४ विकेट लिएपछि नेपालको जीत सम्भव भएको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुदै २२४ रन बनाएको हो । जवाफमा क्यानडा ४७ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदा २१७ रनमा समेटियो । नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८–८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए ।

त्यसैगरी क्यानडाका बलर उदय भगवान सिंहले ३ विकेट लिएका थिए भने साद बिन जफार र इश्वरजोत सोहिले २–२ तथा शहिद अहमदजाई र हर्ष थाकेरले एक एक विकेट लिएका थिए ।

क्यानडाका लागि निकोलस र्कितानले ६८ तथा पारगत सिंहले ५० रनको योगदान दिएका थिए । त्यसैगरी हर्ष थाकेरले ३२ तथा ओपनर ब्याट्सम्यान एरोन जोनसनले २० रनको योगदान दिएका थिए । त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।