नेपाल प्रहरीमा जागिर खुल्यो(सूचनासहित)

नेपाल प्रहरीमा जागिर खुल्यो(सूचनासहित)


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । नेपाल प्रहरीले नयाँ भर्ना खुल्ला गरेको छ । प्रहरी जवान, भान्छे, हजाम, कुचीकार र खेलाडी पदहरूमा प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रन्ध्र सय भन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।

खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचीकार र १४ जना खेलाडी माग गरिएको छ।

खेलाडीतर्फ एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन्।