भारतमा शिव सेनाका नेताको फेसबुक लाइभमै गोली हानी हत्या, भिडियो भाइरल

भारतमा शिव सेनाका नेताको फेसबुक लाइभमै गोली हानी हत्या, भिडियो भाइरल


ग्लोब नेपाल
702
Shares

भारतमा फेसबुक लाइभ गरिरहेका बेला शिव सेनाका नेता अभिषेक घोषालकरको गोली हानी हत्या भएको छ ।

पूर्वविधायक विनोद घोषालकरका छोरा अभिषेक मुम्बईबाट फेसबुक लाइभमा कुराकानी गरिरहेका थिए । प्रहरीका अनुसार घोषालकरमाथि उनकै मोरिस भन्ने साथीले पेस्तोलबाट गोली चलाएका थिए ।

घोषालकरको हत्यापछि मोरिसले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए । घोषालकरमाथि गोली चलाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । आपसी विवादका कारण मोरिसले घोषालकरमाथि गोली चलाएको अनुमान गरिएको छ ।

भिडियो च्याटमा सँगै रहेका बेला घोषालकर उठ्न हिंड्न खोजेको र मोरिसले गोली चलाएको देखिन्छ । मोरिसले बोलाएपछि घोषालकर उनको अफिसमा गएका थिए। त्यहीं उनीहरु फेसबुक लाइभमा बसेका थिए ।

प्रहरीले उपचारका लागि अस्पताल लगिएकामा घोषालकरलाई चिकित्सकले केहीबेरमा मृत घोषणा गरेको जनाएको छ । अभिषेक पत्नी तेजस्विनी पार्षद छिन् ।

उनी भने मुम्बई बैंकको निर्देशक थिए । अभिषेक शिवसेनाको उद्धव ठाकरे समूहमा थिए । घटनापछि ठाकरे समूहले महाराष्ट्रका गृहमन्त्री देवेन्द्र फडनविसको राजीनामा मागेको छ ।