विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
मुख्यमन्त्री कार्कीले आज अपराह्न चार बजे नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुने जानकारी दिए ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा इन्दिरा थापा राज्यमन्त्री हुने भएकी हुन् । यस्तै माओवादी केन्द्रबाट राजेन्द्र कुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीको शपथ लिने तय भएको छ ।
स्रोतले दिएको जानकारी अनुसार सुनुवार– स्वास्थ्य मन्त्री, खत्री– कृषि, सहकारी, बुर्जा– खानेपानी सिँचाइ तथा ऊर्जा, कार्की– सामाजिक विकास र थापा–स्वास्थ्य, राज्यमन्त्री बन्ने भएका छन् ।
हाल प्रदेश सरकारमा कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्री छन् ।
प्रतिक्रिया