विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको हाे ।
सहमति केही समयपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी छ । वार्तामा प्रदेशको नाम पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने सहमति भएको छ ।
१. पहिचानका आधारमा पुन नामाङ्कन गर्न दुवै पक्षले पहल गर्ने
२. आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्योहोर्ने
३. आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने
४. पहिचान पक्षधरले आन्दोलनको स्वरुप परिवर्तन गर्ने
५. अर्काे वार्ता १० गते भित्र बस्ने
कोशी प्रदेशसभाले गत वर्ष फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेको थियो । उक्त नाम पहिचानयुक्त नभएको भन्दै पहिचानको आधारमा नामकरण गर्न माग पहिचानवादीले गरेका थिए ।
प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित उनीहरुले आन्दोलन गर्दै आएका छन् ।
प्रतिक्रिया