क्यानडाविरुद्ध भीमले बनाए अर्धशतक

क्यानडाविरुद्ध भीमले बनाए अर्धशतक



काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् ।

भीमले ७८ बलमा पाँच चौकासहित ५० रन पूरा गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो चौथो अर्धशतक हो ।

जारी खेलको ३१ ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर १४७ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका अनिल ७५ र भीम सार्की ५२ रनमा खेलिरहेका छन् । यी दुईले तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरिसकेका छन् । नेपाली टिमको खातामा अर्का ओपनर कुशल भुर्तेलले १३ रन थपेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३२ रनको योगफल खडा गरेको थियो ।