एकीकृत समाजवादीका दुई नेता एमालेमा फर्किए

एकीकृत समाजवादीका दुई नेता एमालेमा फर्किए


ग्लोब नेपाल
8.8k
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका दुई नेता पुन एमालेमा प्रवेश गरेका छन । नेकपा एकीकृत समाजवादी पोलिटब्युरो सदस्य तथा गण्डकी अञ्चल सचिव पिएल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ एकीकृत समाजवादी परित्याग गरी नेकपा एमालेमै फकिएका हुन् ।

उनीहरूलाई एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पार्टी कार्यालय च्यासलमा स्वागत गरे । पिएल एमाले विभाजनअघि एमालेको पोलिटव्युरो सदस्यको जिम्मेवारीमा थिए भने शंकरलाल राष्ट्रिय युवासंघमा आबद्ध रहेका थिए ।