सकियो ललिता निवास प्रकरण सम्बन्धी मुद्दाको सुनुवाइ, भोलि फैसला आउने

सकियो ललिता निवास प्रकरण सम्बन्धी मुद्दाको सुनुवाइ, भोलि फैसला आउने


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

प्रवक्ता कार्कीका अनुसार भोलि (बुधबार) फैसला सुनाउने तयारी अदालतको छ ।

यसअघि जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाडेको थियो ।