कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य

कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य



काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले जितका लागि ७४ रन बनाउनु पर्ने भएको छ ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।

कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन् । उनले १३ ‌औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् ।

तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् । चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् ।

यस्तै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए ।